



बैतडी -नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको जिल्ला अधिवेशनको तयारी पुरा भएको छ।बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा तयारी पुरा गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष प्रेमराज भट्टले बताए।
जिल्ला अधिवेशन उद्घाटनका नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडीमा पुगिसकेका समेत अध्यक्ष भट्टले बताए। यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष बिष्णु प्रसाद भण्डारी, लगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्तिथि रहने समेत बताए ।




