Vutlaxapu
Laxmibhuwan sun chadi

प्रेस चौतारी नेपाल सुदूरपश्चिमको अध्यक्षमा नरेन्द्र

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नरेन्द्रसिंह कार्की निर्विरोध चयन भएका छन्। धनगढीमा शुक्रवारदेखि सुरु भएको अधिवेशनबाट कार्की अध्यक्षमा निर्विरोध चयन भएका हुन्।

 

जय भगवति मेलौली सुनचाँदी

कार्कीको नेतृत्वमा शनिवार दिउँसो नयाँ प्रदेश कार्यसमिति गठन भएको हो। उपाध्यक्षमा मीन ठकुरी र कल्पना बोहरा चयन भएका छन्। प्रदेश महासचिवमा भानुभक्त आर्चाय चयन भएका छन्। कोषाध्यक्षमा लक्ष्मणदत्त पन्त चयन भएका छन्। प्रदेश सचिवमा लोकेन्द्रबहादुर ओझा, अमरराज भटराई, दीपकराज जोशी, खेम ढुङ्गाना, मदन विक र गीता चौधरी चयन भएका छन्।

 

नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी, सुदूरपश्चिमका सदस्यहरुसमेत सर्वसम्मतिमा चयन भएका छन्। प्रदेश सदस्यमा वीरेन्द्र भट्ट, शेरबहादुर विष्ट, सागर परियार, महेश कार्की, प्रेमसिंह विष्ट,मोहनप्रसाद जोशी, कृष्णप्रसाद ओझा, रमित विक चयन भएका छन्। यस्तै, उमेशसिंह धामी, सुनिता धामी, केसपुरा मल्ल, कृष्णप्रसाद जोशी, रेणुकाकुमारी परियार, भरत साउँद (आलोक), बहादुर साउँद, भूमिदत्त तिवारी, दीर्घ खत्री, सीता ठगुन्ना, दीपा भण्डारी, एकेन्द्र महता चयन भएका छन्। पार्वती ओड, धन बहादुर विक र वेदप्रकाश ओलीसमेत सदस्यमा चयन भएका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page