


बैतडी -बैतडीमा नेपाल उद्योग तथा ब्यबसायी महासंघको जिल्ला अधिवेशन सम्पन्न भएको छ। बैतडीको पाटनमा सम्पन्न नेपाल उद्योग तथा ब्यबसायी महासंघको जिल्ला अधिवेशनबाट विष्णुप्रसाद भट्टको अध्यक्षतामा १५ सदस्यिय जिल्ला कमिटि सर्बसम्मत चयन गरिएको नेपाल उद्योग तथा ब्यबसायी महासंघका नवनिर्वाचित अध्यक्ष बिष्णु प्रसाद भट्टले बताए।

भट्टका अनुसार उपाध्यक्षमा प्रजापति मडै, सचिवमा मिन भण्डारी, उप-सचिवमा प्रताप बोहरा, कोषाध्यक्षमा चक्रबहादुर बिष्ट सहित १५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको बताए।
कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बिक प्रमुख अतिथी रहेका थिए। यस्तै कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य धर्मानन्द भट्ट,एमाले प्रदेश कमिटी सल्लाहकार परिसद सदस्य नारायण भण्डारी,एमाले जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।




