Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार- ८ कालागाउँका बिष्ट भरुवा बन्दुकसहित पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका-८ चौरथली कालागाउका ५१ वर्षीय पाल बिष्ट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले बताए ।

 

जय भगवति मेलौली सुनचाँदी

बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको प्रहरी टोलिले भरूवा बन्दुक, बन्दुकमा लाग्ने सिसाका ७ राउण्ड गोलि, २ थान घोरलको छाला, २ थान रतुवाको छालासहित बिष्टलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

 

मंगलबार बिष्टलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिष्टले इजाजत बिना नै घरमा बन्दुक राखेको प्रहरी निरीक्षक बडूले बताए ।

भरूवा बन्दुक र जंगली जनावरको छाला सहित पक्राउ परेका बिष्टलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page