Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिम सरकारमाथि हस्तक्षेप नगर्न काँग्रेसका केन्द्रीय नेताको सुझाव

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी -नेपाली काँग्रेसका केन्द्रीय नेताहरू राखेर धनगढीमा प्रदेशको छलफल भएको छ।

प्रदेशको आगामी बजेट, प्रदेश सरकार र पार्टीबिचको समन्वय बढाउने गरी नेपाली काँग्रेसले धनगढीमा छलफल गरेको हो।

जय भगवति मेलौली सुनचाँदी

पार्टीका उपसभापति पूर्णबहादुर खड्का र प्रदेश सभापति वीरबहादुर बलायरले बुधवार बिहान ओम पार्टी प्यालेसमा सुदूरपश्चिम काँग्रेसका जिल्ला सभापतिहरू, प्रदेश सांसद, मन्त्री र मुख्यमन्त्रीलाई एकै ठाउँमा राखेर आगामी बजेट, पार्टी र सरकारका विषयमा छलफल गरेका हुन्।

पार्टी र सरकारका बीचमा केही समस्या हुन थालेको गुनासो प्रदेश सांसद र काँग्रेसका नेताहरूले गरेपछि प्रदेश सभापति बलायरले सबैलाई एकै ठाउँमा राखेर छलफल गराएका थिए। प्रदेश सभापतिसहितका पदाधिकारी, मुख्यमन्त्री, मन्त्री र प्रदेश सांसदहरू छलफलमा थिए। पार्टी र सरकारबिचको समन्वय अझै बलियो बनाउने, अनपेक्षा अनुसारको बजेट तयार गर्ने, सरकार सञ्चालन गर्दा उत्पन्न हुनसक्ने समस्याहरू छलफल र संवादबाट टुङ्गो लगाउने लगाएको विषयमा काङ्ग्रेसभित्र सहमति भएको छ। काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामी, मुख्यमन्त्री कमल बहादुर शाह, पार्टी प्रदेश सभापति वीरबहादुर बलायर र केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का लगायतले धारणा राखेका थिए। प्रमुख सचेतक धामीले यसअघिको बजेटमा केही असन्तुष्टि जनाउँदै आगामी बजेट सबैलाई समेट्ने ढङ्गको आउनु पर्ने बताए।

मुख्यमन्त्री शाहले केही समय अघि आफूसँग काम गर्न अप्ठ्यारो भए मन्त्री राज्यमन्त्रीलाई राजीनामा दिन र कर्मचारीलाई सरुवा लिन भनेका थिए। बुधवारको छलफलमा काँग्रेस प्रदेश महामन्त्री मनु शाहले त्यस विषयमा पार्टीमा छलफल गर्नुपर्ने धारणा राखेका थिए। ‘मुख्यमन्त्री ज्यूलाई कहाँ–कहाँबाट समस्या पैदा भएको हो ? यस्तो कुरा पार्टीको बैठकमा राख्दा हुन्छ’ शाहले विषय प्रसङ्ग उठान गरेका थिए। मुख्यमन्त्री शाहले आफ्नो कार्यकालमा सुशासनको पाटोमा केही महत्त्वपूर्ण कामहरू भएको बताएका छन्। उनले कर्मचारी अभावका कारण प्रदेश सरकारलाई सबैभन्दा धेरै समस्या सृजना भइरहेको टिप्पणी गरे।

उपसभापति खड्काले सरकार सञ्चालनका बेला केही समस्या उत्पन्न भए गठबन्धनमा छलफल गरेर अगाडि बढ्नु पर्ने बताए। ठूला समस्या आएमा केन्द्रीय गठबन्धनले पनि त्यसको हल गर्ने उनले बताए। सरकार सञ्चालनमा अनावश्यक हस्तक्षेप नगर्न भन्दै खड्काले पार्टी र सरकारबिच सहज वातावरण हुनुपर्ने बताए। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त हुँदादेखि नै काँग्रेसमा विवाद रहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page