Vutlaxapu
Laxmibhuwan sun chadi

कञ्चनपुरमा एक महिलाको रहस्यमय मृत्यु, सौतासहित तीन जना पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कञ्चनपुर-कञ्चनपुरमा एक महिलाको रहस्यमय मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ मा कसी सुनारको रहस्यमय मृत्यु भएको हो।

स्थानीय तथा आफन्तहरूले उनको हत्या भएको आरोप लगाएका छन। उनको हत्या भएको आरोपपछि सौता मिरा देवी सुनार, श्रीमान गोपाल सुनार र कान्छी पट्टिका छोरा अर्जुन सुनारलाई शनिवार नै प्रहरीले पक्राउ गरेको छ।

जय भगवति मेलौली सुनचाँदी

महाकाली नदीको बगरबाट बालुवा छानेर घर फर्केकी कसी सुनार बुहारीसँग खाना खाई थकाई मेटाउन सुतीरहेको अवस्थामा कान्छी श्रीमती, छोरा र श्रीमानको मिलेमतोमा सिरानीले घाँटी अँठ्याउदै सुनारको हत्या गरेको मृतककी बुहारीले बताएकी छन्। ३० वर्ष अगाडि गोपाल सुनारले दुई महिनाकी गर्भवती कसी सुनालाई धोका दिएर मिरा देवी सँग बहुविवाह गरेर भारत गएका थिए।

मृतककी बुहारीले सासूले महाकालीको बालुवा छानेर एक छोरा र छोरी हुर्काएको बताईन। एक हप्ता पहिले २ छोरासहित भारतको दिल्लीबाट नेपाल फर्किएका गोपाल सुनार र उनकी कान्छी श्रीमतीले पुर्खाको सम्पतीमा आँखा लगाउदै कसी सुनारलाई घर छोड्न दबाब दिदै गाली गलोज, कुटपिट गर्दै आईरहेको बताएकी छन्। शुक्रवार राति पनि श्रीमान र कान्छी श्रीमती मिलेर कुटपिट गरिरहेको अवस्थामा बुहारीले बचाएको छिमेकीहरूले बताएका छन्।

मृतकका भाई सुनील सुनारले दिदीको हत्या श्रीमान र कान्छी श्रीमतीले नै गरेको दाबि गरेका छन्। कामबाट फर्केर खाना खाई थकाई मेटाउन बेडमा सुतिरहेको अवस्थामा दिदीको एकै छिनमा मृत्यु हुने कुरा असम्भव रहेकाले आत्महत्या नभई हत्या भएको उनको दाबी छ।

मृतक सुनारको शव परीक्षणको लागि महाकाली प्रादेशिक अस्पताल पठाइएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले पोस्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको बताएको छ। पोस्टमार्टम रिपोर्टपछि मात्र हत्या वा आत्महत्या भन्ने विषयमा खुल्ने प्रहरीले बताएको हो। मृतक सुनारका छोरा भारत छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page