Vutlaxapu
Laxmibhuwan sun chadi

घुसकाण्ड आएपछि सुदूरपश्चिमका वनमन्त्री राजीनामा दिदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी: सुदूरपश्चिमका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले राजीनामा दिने भएका छन्। घुस डिल गरेको अडिओ सार्वजनिक लगायतका समाचारहरु आएपछि उनले मुख्यमन्त्री कमलबहादुर शाहको निर्देशनमा राजीनामा दिन लागेका हुन्।

 

जय भगवति मेलौली सुनचाँदी

मुख्यमन्त्री शाहले राजीनामा दिन भनेपछि केही बेरमै मन्त्री चौधरीले राजीनामा दिन लागेको बताइएको छ। उनको आर्थिक लेनदेनसम्बन्धिको अडियो रेकर्ड सार्वजनिक भएपछि मन्त्रीलाई अप्ठ्यारो परेको हो।

मन्त्री चौधरीको सुदूरपश्चिम प्रदेशको दिगो वन व्यवस्थापन कार्यविधि मन्त्रीपरिषदबाट पास गरि कार्यान्वयन गर्न ठूलो आर्थिक चलखेल गर्ने योजना सार्वजनिक भएको थियो।

 

वन माफियालाई मिलाएर आर्थिक अनियमितता गर्ने उनको योजना अब भने तुहिएको छ। उसो त अहिले निर्देशन दिने मुख्यमन्त्रीलाई पनि ५ (लाख या करोड नखुलेको) दिनुपर्ने कुरा अडियोमा सुनिएको छ। यस्तै आरजु राणाको नाम पनि अडियोमा समेटिएको छ। मन्त्रीले परराष्ट्र मन्त्री समेत रहेकी आरजुसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै सबै मिलाउने डिल गरेको बताइएको छ। मन्त्री चौधरी यस अगाडि सामाजिक विकास मन्त्री पनि बनेका थिए भने उनी नागरिक उन्मुक्ति पार्टीका माननीय हुन्।#mahendranagarpost.com

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page