Vutlaxapu
Laxmibhuwan sun chadi

बिसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढ्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी: बिसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ। घर लिपपोतदेखि रोजगारी, शिक्षालगायतका प्रयोजनका लागि बाहिर रहेकाहरू घर फर्कने क्रम बढेसँगै चहलपहल बढेको हो।

 

बिसु पर्व सुदूरपश्चिमेलीले धुमधामसँग मनाउँछन्। बिसु पर्व आउनु पूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रङ्गिन थालेका छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरी नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको पण्डित जयानन्द भट्ट बताउछन्।

 

चैत सुरु भएदेखि नै घर लिप्ने र पोत्ने काम सुरु हुन्छ भने यो काम चैत महिनामा नै सक्नुपर्छ। पाटन नगरपालिका–१० का सीता भट्टले लगभग तीन घण्टा हिँडेर कमेरो र रातोमाटो ल्याइ घर लिपेको बताए । पछिल्लो समयमा घर निर्माणमा सिमेन्टको प्रयोग बढ्न थालेपछि कमेरो र रातोमाटोको प्रयोग पनि घट्दै गएको उनको भनाइ छ।

 

जय भगवति मेलौली सुनचाँदी

चैत सुरु भएपछि घर लिपपोत गर्नका लागि धेरै टाढासम्म कमेरो र रातोमाटो लिन जाने गरेको पाटन–८ का लक्ष्मी भट्टले बताए। ‘बरु बडादसैँका बेलामा खासै लिपपोत गर्दैनौँ, तर चैतमा त जसरी नी लिप्नुपर्छ। कमेरोले घरको माथिल्लो भाग र रातोमाटोले घरको तल्लो भागमा लिप्ने पोत्ने चलन छ’ भट्टले भने, ‘अब यो चलन कम होला जस्तो छ, धेरैजसोले पुराना घरमा लगाएको माटो उप्काएर सिमेन्ट लगाएका छन्

नयाँ वर्ष तथा बिसु पर्वमा भारत गएकाहरू घर फर्किन चलन छ। उनीहरूको आगमनले गाउँमा चहलपहल पनि बढेको उनले बताए ।

 

बिसु पर्वको अवसरमा बिहे गरेर गएका छोरी चेलीसमेत माइत जाने चलन पनि छ। बिसु तिहारकै दिन कुलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) खाने चलन छ।

बिसु पर्वका अवसरमा सुदूरपश्चिमका बैतडी,डोटी, दार्चुला, अछाम, डडेलधुरा, बझाङ, बाजुरा, बैतड, कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायले सिस्नु लगाउने प्रचलन पनि छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page