गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बैतडीमा १५औँ राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

मन्त्री भण्डारीले उद्घाटन गर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ

बैतडी -बैतडीमा १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ।

 

बैशाख ३ गतेबाट ५ गते सम्म पुर्चौडीमा सञ्चालन हुने प्रतियोगिताको तयारि पुरा भएको जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमन कुमार भण्डारीले बताए । १५औँ राष्ट्रपति रनिङ शिल्डको नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष भण्डारीले बताए।

 

खालि ठाँउ २

रनिङ शिल्ड उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री सुरेन्द्र पाल, प्रदेससभा सदस्य जानकी ऐर बमलगायत जिल्लाका पालिका प्रमुखहरुको सहभागिता रहने अध्यक्ष भण्डारीले बताए।

प्रतियोगितामा जिल्लाका १० वटै स्थानीयका टिम तथा खेलाडीहरुको सहभागिता रहने र खेलाडीहरु पुर्चौडी पुग्ने क्रम जारि रहेको पुर्चौडीबाट बैतडीबुलेटािन सम्वाददाता हरि साँउदले बताए।

जिल्ला खेलकुद विकास समितिको आयोजना तथा पुर्चौडी नगरपालिकाको सह–आयोजनामा सञ्चालन हुने जिल्ला स्तरीय प्रतियोगितामा चार विधामा खेल सञ्चालन हुने र

प्रतियोगितामा छात्र छात्रा भलिबल तथा कबड्डी, छात्र छात्रा एथ्लेटिक्स र मार्सल आर्टमा करातेका खेलहरु सञ्चालन हुनेछन्।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page