


बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिका पनि अत्यावश्यक बाहेक कामकाज ठप्प पारिएको छ। गाँउ पालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा प्रभावित हुने भएका छन् ।

दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिका स्तरिय स्थानिय तह कर्मचारी संघर्ष समितीले सुदुरपश्चिम प्रदेश सभाबाट स्थानिय सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यस्था गर्न बनेको विधेयक, २०८० यथाशीघ्र जारी हुनुपर्ने माग राख्दै आइतबारबाट माग पुरा नभएसम्मका लागि कामकाज बन्द गर्ने निर्णय भएको पत्र मार्फत जानकारी गराएको छ ।
अत्यावश्यक बाहेकका सबै सेवा प्रभावित हुने गाँउपालिका स्तरिय स्थानिय तह कर्मचारी संघर्ष समितीले जनाएको छ । सेवा प्रवाह प्रभावित भएसंगै सेवाग्राहीहरु मर्कामा परेका छन ।





