


बैतडी : १८ औं गणतन्त्र देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बैतडीले अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बिहिवार बिरेन्द्र मावि साहिलेकको अनाथ असाहाय छात्रवासका अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको प्रेस चौतारी नेपाल जिल्ला शाखा बैतडीका अध्यक्ष प्रकाश चन्द्र भट्टले बताए।
अनाथ असाहाय छात्रबासमा रहेका १९ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको उहाले बताए।


शैक्षिक सामग्री वितरणले अनाथ बालबालिकाको अध्ययनमा सहयोग पुग्ने अपेक्षा गरिएको प्रेस चौतारी बैतडीका उपाध्यक्ष मंगेश दयालले बताए। “शैक्षिक सामाग्रीले अनाथ बालबालिकाको शैक्षिक स्तरमा सुधार आउन सक्छ” प्रेस चौतारी बैतडीका सचिव प्रेम ओडभन्नुभयो ।कार्यक्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष मंगेश दयाल, सचिव प्रेम ओडलगायतको उपस्थिति रहेको थियो ।

छात्रबासमा शौचालयको अभाव रहेको वार्डेन लिला ठगुन्नाले बताईन । ९ छात्र र ११ छात्रा रहेको छात्रबासमा दुईवटा मात्रै शौचालय हुँदा समस्या भएको उनले बताईन । बालबालिकाका लागि खेल सामग्रीको पनि अभाव रहेको उनले बताईन ।




