Vutlaxapu
Laxmibhuwan sun chadi

पाटन नगरपालीकाको लेखा शाखामा तालाबन्दी

नियम विपरित भुक्तानी भएको आशंका

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी: अनावश्यक भुक्तानी भएको आशंकामा बैतडीको पाटन नगरपालिकाको लेखाशाखामा तालाबन्दी गरिएको छ । नगर उपप्रमुख कमलसिंह बोहरा अपीको नेतृत्वमा जनप्रतिनिधीले नै लेखा शाखामा तालाबन्दी गरेका हुन् ।

नियम विपरित केही ठेक्कामा भुक्तानी भएको भन्दै उपप्रमुख बोहरासहितका ५ जना कार्यपालिका सदस्यहरूले बिहीबार अप्रान्ह ४ बजेको समयमा तालाबन्दी गरेका हुन् ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हरिष बिष्ट, तर्क सिह ठगुन्ना, कार्यपालिका सदस्य दलिराम बिक, जयन्ती विजलेले प्रेस विज्ञप्ती जारी गर्दै हालसम्मको आय व्यय विना समिक्षा बैठक तथा कार्यपालिका बैठक नराख्न समेत नगरप्रमुख गौरी सिह रावललाई ध्यानार्कषण पत्र पेश गरेका छन् ।

एकै किसिमका ठेक्कामा ठेकेदारलाई विभेद गरेर रकम भुक्तानी गरिएको वडा अध्यक्ष तर्कसिह ठगुन्नाले बताए । उनले भने, ‘हामीले कहिले पनि नगर प्रमुखलाई सहयोग गरेका छौ असहयोग गरेका छौ तर आज प्रमुख प्रशासकिय अधिकृतका कारण हो या के कारण हो काम नगरेका भुक्तानी भएका छन्। काम गरेका रोकिएका छन् । यो सरासर गलत भा छ छानविन हुनुपर्छ ।’

जय भगवति मेलौली सुनचाँदी

नेकपा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले सामुहिक जारी गरेको प्रेश विज्ञाप्तीमा सेवा ग्राहीलाई दुख दिने गरी योजनाका पटक पकट भुक्तानीका लागि अनुरोध गर्दा समेत नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर बिष्टले रोकेको बताए ।

मंगलबार ११ बजेका लागि बोलाएको कार्यपालिका बैठक ४ बजे सुरु भएको सुरुमै असार १० को नगर सभाले गरेका निर्णयहरु पुस्तीकामा नभेटीएपछि विवाद झनै आएको थियो । बैठक बिना निष्कर्ष टुङ्गिएको छ । नगर प्रमुख रावलले बैठक शुक्रबार बिहान ७ बजेट बोलाएका छन् । तर प्रमुख प्रशासकियअ अधिकृत बिष्ट आफु ७ बजेट आउन नसक्ने सँकेत गरेका छन् ।

तालाबन्दी गरिएको विषमा नगरप्रमुख रावललाई जानकारी गराउने नगर प्रमुखको कार्यकक्षामा गएका उपप्रमुख सहितका जनप्रतिनीधीनधहरुलाई नगरप्रमुख रावलले प्रमुख प्रशासकिय अधिकृत सहितका कर्मचारीका कारण केही समस्या रहेका बताए ।

उनले हाकीमले आफुले दिएको कानुन बमोजीमको निर्देशन तथा जनतालाई दिनु पर्ने सेवा समेत सहज ढंगबाट नदिएको सुनाए । उनले असार अन्तीम प्रमुख प्रशासकिय बिष्ट आए तर कसैले भनेको नटेरने अनी केही समस्याहरु भएका छन् । त्यसको समाधान छानविन समितीबाट हुन्छ की कसरी हुन्छ सबै मिलेर गरौँ । बिहान ७ बजेट बैठक बोलाएको छु ।

प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिले समन्वय प्रमुख खगेन्द्र धामीले समेत विवादको बिषयमा चासो देखाएका छन् । पाटन नगरपालिका अहिले प्रहरी सुरक्षा समेत खटाएको छ ।

स्रोतका अनुसार नगरपालिकाले केही निर्माणधिन योजनाहरु सम्पन्न प्रतिवेदन बिल भरपाई पेश गरेर भुक्तानी दिएको छ । सम्बन्धी निमार्ण व्यवसायीलाई भुक्तानी नगर्ने कृषि विकास बैकलाई पत्र काटेको छ । यसले पनि प्रमाणीत हुन्छ कि नियम विपरित भुक्तानी भएको छ। तर नगर प्रमुखसहितका जनप्रतििधीहरुलाई यसका बिषयमा जानकारी भने छैन् ।   समाचार: पत्रकार ललित बोहरा

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page