Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलामा तुइनबाट नदीमा खसेर एकजना बेपत्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

दार्चुला । तुइनबाट महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन्।व्यास गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन्। दिउँसो १२ बजे दुम्लिङबाट तुइनमार्फत महाकाली नदी तरेर भारततर्फ जानेक्रममा बुढाथोकी तुइन चुडिदा महाकाली नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।

 

जय भगवति मेलौली सुनचाँदी

नारायणसँगै २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत महाकाली नदी पार गर्न गएका थिए। नारायणभन्दा अघि जितुले तुइनमार्फत महाकाली नदी सकुशल पार गरी भारतर्फ गएका थिए। त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुँडिदा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ।

 

उक्त घट्नापछि जितु र नारायणसँगै गएका जयदुले भने तुइन चढ्ने प्रयास नै गरेनन्। बेपत्ता भएका नारायणको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक रावतले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page