


बैतडी:बैतडीको पञ्चेश्वर गाउँपालिका पन्चेश्वर गाउँपालिका वडा नं १ सुन्ताेलामा जन्मिएकी १९ बर्षिया लक्ष्मी सार्कीको पहिलो गित बाबाकि सोराइ बोलको गित सार्बजनिक भएको छ। जय प्राप्ति म्युजिक प्रा.लिको युट्युब च्यानल मार्फत सुदुरपश्चिममा गाइने मौलिक ठाडि भाकामा आधारित निकै मार्मिक गित सार्बजनिक भएको हो।

यस गितमा लय र स्वर स्वयं लक्ष्मी सार्कीको रहेको छ भने शब्द जयराज भट्टको रहेको छ।
कलिलै उमेरमा आफ्ना बुबा गुमाएकी लक्ष्मीले संगित क्षेत्रमा अगाडी बढ्न उच्च इच्छा रहेकोले सहयोगको अपिल समेत गरेकि छिन। गाँउपालिकामा यस्तो प्रतिभा जन्मिनु राम्रो भएको र गाँउपालिकाको पनि बिशेष सहयोग रहने गाँउ पालिका उपाध्यक्ष बिना भट्टले बताइन।




