


बैतडी:नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बैतडी सुदूरपश्चिम भरीका कार्यसमितिहरुमध्ये उत्कृष्ट कार्यसमितिको रुपमा पुरस्कृत भएको छ । उत्कृष्ट कार्यसमितिलाई सहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवस-२०८२ को अवसरमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो ।

सुदुरपश्चिम प्रदेशका कार्यसमितिहरु मध्येबाट कार्यसम्पादनमा उत्कृष्ट कार्यसमितिको रुपमा जिल्ला कार्यसमिति बैतडी एक समारोहका बिच पुरस्कृत भएको नेपाल निजामती कर्मचारी संगठन बैतडीका अध्यक्ष पदम कार्कीले बताए।
उत्कृष्ट कार्यसमितिको रुपमा पुरस्कृत भएपछि झन हौसला बढेको नेपाल निजामति कर्मचारी संगठन बैतडी अध्यक्ष पदम बहादुर कार्कीले बताए।




