


बैतडी:बैतडीमा नेपाल कम्यूनिष्ट एमालेको ७औँ बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। शुक्रबार विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको छ। पार्टिले गरेका गतिबिधिहरु,पार्टिको बर्तमान स्थिती र आगामी रणनीति लगायतका बिषयमा ठोस निर्णय गर्दै बैठक सम्पन्न भएको एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बि क ले बताए।

बैठकमा एमाले केन्द्रीय कमिटी सदस्य एवं बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए।यस्तै एमाले,एमाले केन्द्रीय सल्लाहकार परिसद सदस्य मोहन थापा,एमाले प्रदेश कमिटी सदस्यहरु लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।
बैठकमा नेपाल गुणस्तर परिषदको केन्द्रिय सदस्य पदमा नियुक्त हुनु भएका नेकपा (एमाले) केन्द्रिय सल्लाहकार परिषद सदस्य मोहन थापालाइ बधाई ज्ञापन गरिएको,आगामी भदौ २० देखि काठमाण्डौंमा सञ्चालन हुने विधान महाधिवेशनका लागि जिल्लाको तयारी लगायतका बिषयमा निर्णय गरिएको अध्यक्ष बिकले बताए।





