Vutlaxapu
Laxmibhuwan sun chadi

गृहमन्त्रीको दमनप्रति क्षमायाचना गर्दै कृषिमन्त्री अधिकारीले दिए राजीनामा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं, भदौ २४ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिनुभएकाे छ । मंगलबार बिहान एक सन्देश सार्वजनिक गर्दै उहाँले सरकारको ‘अलोकतान्त्रिक कदम’प्रति आपत्ति जनाउँदै पदत्यागको घोषणा गर्नुभएको हो ।

जय भगवति मेलौली सुनचाँदी

उहाँले राजीनामा सन्देशमा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण र युवापुस्तामाथि भएको दमनले आफूलाई ‘अपराधबोध’ भएको उल्लेख गर्नुभएको छ । ‘छोराछोरी पुस्ताले भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रणको विरोध गर्दा उनीहरूमाथि भएको हत्या र दमनले लोकतन्त्र होइन, तानासाहीतर्फ देश धकेलिँदै गएको अनुभूति भयो,’ उहाँले लेख्नु भएकाे छ ।

 

साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात् देश शोकाकुल बनेको अवस्थामा सरकारमा बसिरहनु आफ्नो नैतिकताको विपरीत हुने भएकाले राजीनामा दिने निर्णय गरेकाे उहाँले उल्लेख गर्नु भएकाे छ ।

 

उहाँले लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको स्वाभाविक अधिकार भएको स्मरण गराउनुभएको छ । ‘जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही हुँदैन,’ उहाँले भन्नुभएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page