


बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकामा गाँउपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुष २६ गतेदेखि देखि सुरु हुने भएको छ। गाँउपालिकाले आज एक सुचना जारी गर्दै गाँउपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगिता दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ स्थीत लबलेक खेलमैदानमा हुने भएको छ । प्रतियोगितामा पालिका भित्रका ११ वटा माध्यमिक विद्यालय सहभागी हुने जनाईएको छ।





