Vutlaxapu
Laxmibhuwan sun chadi

एनआरएनए अमेरिकाले भन्यो- युवासम्बन्धी कुनै कार्यक्रम तय भएको छैन, मन्त्री गुप्तालाई बोलाएका छैनौं

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

गैरआवसीय नेपाली संघ (एनआरएनए)अमेरिकाले खेलकुद मन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको बताएको छ।

एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ती जारी गर्दै मन्त्री गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको जानकारी दिएका हुन्।

एनआरएनएको आमन्त्रणमा मन्त्री गुप्ता माघ ३ गते अमेरिका भ्रमणमा जान लागेको विषयमा विवाद उत्पन्न भएपछि सतेन्द्र शाह नेतृत्वको एनआरएनए अमेरिकाले विज्ञप्ती जारी गरेको हो।

‘एनआरएनए एनसिसी युएसएले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्र गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं। साथै एनआरएनए एनसिसी युएसएको तर्फबाट अमेरिकामा कुनै पनि युवा सम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन,’ विज्ञप्तीमा भनिएको छ।

एनआरएनए एनसिसी युएसए अमेरिकामा कानुनी रूपमा दर्ता भएको आधिकारिक संस्था रहेको पनि विज्ञप्तीमार्फत दाबी गरिएको छ।

एनआरएनए एनसिसीले ६ बुँदामा आफ्नो धारणा राखेको छ।

– एनआरएनए एनसिसी युएसएको कुनै पनि अनधिकृत गतिविधि, कार्यक्रम वा कथित युवा कार्यक्रमसँग संस्थाको कुनै प्रकारको संलग्नता, स्वीकृति वा सम्बन्ध छैन।

एनआरएनए एनसिसी युएसएको आधिकारिक स्वीकृतिबिना गरिएका कुनै पनि कार्यक्रम, भ्रमण, संकलन (फन्ड रेइजिङ) वा गतिविधिहरू पूर्ण रूपमा अवैध र अमान्य ठहरिनेछन्।

 

– संस्थाको नाम, इआईएन नम्बर, वेबसाइट वा एनआरएनए एनसिसी युएसएको साख प्रयोग गरी गरिएका कुनै पनि गतिविधिहरूका लागि सम्बन्धित व्यक्ति वा समूह स्वयं पूर्ण रूपमा जिम्मेवार हुनेछन्।

जय भगवति मेलौली सुनचाँदी

– एनआरएनए एनसिसी युएसएको नाम र पहिचानको दुरुपयोग गर्ने कुनै पनि व्यक्ति वा समूहविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइनेछ।

 

– एनआरएनए एनसिसी युएसएले कुनै पनि अनधिकृत कार्यक्रममा सहभागी हुने व्यक्तिहरूका यात्रा, आवास वा अन्य खर्चहरूको जिम्मेवारी लिँदैन।

 

– यस विषयको गम्भीरतालाई मध्यनजर गर्दै, यस्ता गैरकानुनी तथा अनधिकृत गतिविधिहरू सम्बन्धी सम्पूर्ण विवरण संयुक्त राज्य अमेरिकाको होमल्याण्ड सेक्युरिटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइनेछ।

 

एनआरएनए एनसिसीले सबैलाई यस्ता अनधिकृत गतिविधिहरूप्रति सचेत रहन र आधिकारिक जानकारीका लागि मात्र संस्थाका मान्य माध्यमहरूमा भर पर्न समेत गरेको छ।

 

मन्त्रिपरिषदले अमेरिकामा हुने ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई स्वीकृति दिएपछि यो विषय चर्चामा आएको हो।

 

यो कार्यक्रम विकास उप्रेती अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्न लागेको हो।

 

अमेरिकामा अहिले गैरआवासीय नेपालीहरूका तीन समूह छन्। त्यसमध्ये उप्रेतीको समूह एउटा हो। उप्रेतीले संघको युवा विभागले कार्यक्रम आयोजना गर्न लागेको सेतोपाटीसँग बताएका छन्।

 

‘यो कार्यक्रम हाम्रो युवा विभागले टेक्सासको डलासमा आयोजना गर्न लागेको हो,’ उप्रेतीले सेतोपाटीसँग भने, ‘जेनजी आन्दोलनपछि युवाहरूको भूमिकाबारे युवा सम्मेलन गर्न लागिएको हो।’

मन्त्री गुप्तालाई बोलाउनेदेखि कार्यक्रमको योजना संघका युवा आशिष संग्रौलाले गरेको उनको भनाइ छ।’सबै संयोजन हाम्रो युवा विभागले गरिरहेको छ,’ उप्रेतीले भने, ‘हामीले मन्त्री एक जनालाई मात्र निमन्त्रणा पठाएका छौं।’

मन्त्री गुप्ताले अहिलेसम्म आफ्नो भ्रमण तालिका पक्का नगरेकाले कार्यक्रमको स्थान र मिति तय नभएको पनि उनले बताएका छन्

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page