Vutlaxapu
Laxmibhuwan sun chadi

भुपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैद

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कैलालीको चर्चित भूपेन्द्र बडुवाल हत्या प्रकरणमा कैलाली जिल्ला अदालतले मंगलबार फैसला सुनाएको छ। लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या घटनामा अदालतले १३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सुनाएको हो।

जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले मुख्य अभियुक्त नवीन रावलसहित ६ जनालाई जीवित रहेसम्म आजीवन जन्मकैदको फैसला गरेको छ। आजीवन जन्मकैद पाउनेमा नवीन रावलसँगै आर्यान देवकोटा, रोशनबहादुर शाही, अनुज भन्ने चिरञ्जिवीजंग शाही, रोहित आले र हिमाल शाही रहेका छन्। उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम सजाय तोकिएको अदालतका सूचना अधिकारी पंकज उपाध्यायले जानकारी दिए।

जय भगवति मेलौली सुनचाँदी

त्यस्तै, मदन शाही, हेमन्त शाही, धिरज भन्ने दिपेन्द्र शाही, गोलु भन्ने निशान्त मल्ल र शोहन शाहलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (१) बमोजिम जन्मकैदको सजाय सुनाइएको छ। साथै, लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई पनि अभियोग दाबी बमोजिम जन्मकैद हुने ठहर गरिएको छ।

 

अदालतले अशोक रावल, महेश रावल, जयन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास सेरचन थकाली र कपिल श्रेष्ठ गरी ७ जनालाई अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ दिएको छ। सुरुदेखि फरार रहेका प्रतिवादी लोकजंग शाहीको हकमा भने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९८ बमोजिम मुद्दा मुल्तबीमा राख्ने आदेश भएको छ।

 

कसुर ठहर भई सजाय तोकिएका १३ जना प्रतिवादीहरूले संयुक्त रूपमा १५ लाख रुपैयाँ पीडितलाई दामासाहीका आधारमा क्षतिपूर्ति दिनुपर्ने आदेश अदालतले दिएको छ। साथै, कानुन बमोजिम जनही दुई हजार आठ सय रुपैयाँका दरले पीडित राहत रकम दाखिला गर्नुपर्ने ठहर पनि गरिएको छ।

भूपेन्द्र बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो। यस घटनामा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले नवीन रावलसहित २१ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page