


बैतडी :बैतडीको पुर्चौडी नगरपालिका हाट बैतडिमा चौथो राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता माघ ६ देखि शुरु भएको छ।
शिक्षाअधिकृत शुरेन्द्र प्रसाद जोशिको सभाध्यक्षमा सुरु प्रतियोगितामा पु्चौडी नगरपालिका नगर प्रमुख दिपक बहादुर बम प्रमुख अतिथि रहेका थिए। यस्तै नगरपालिका उपप्रमुख मिना धानुक विशिष्ट अतिथि रहेकी थिइन। प्रतियोगितामा नगरपालिका भित्र रहेका २० वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको पुर्चौडीबाट बैतडीबुलेटिन सम्वाददाता हरि साँउदले बताए।


कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत वीर बहादुर नेपाली पु. न. पा. वार्ड नं ४ का वार्ड अध्यक्ष दिल बहादुर धानुक,वार्ड नं ५ का वार्ड अध्यक्ष नागी सिह खडायत वार्ड नं ८ का अध्यक्ष वीर बहादुर बोहरा लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।





