Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा राष्ट्रिय सभा सदस्य निर्वाचनकाे २ सिटका लागि ४ जना प्रतिस्पर्धामा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी: राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि मतदान सुरु हुने छ। राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ।निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको धनगढीस्थित राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखका लागि छुट्टाछुट्टै मतदान बुथ निर्माण गरिएको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा रहेका ५३ प्रदेशसभा सदस्यमध्ये ५१ जनाले मतदान गर्नेछन्। प्रदेशसभा सदस्य दीर्घ सोडारी भ्रष्टाचार काण्डमा निलम्बनमा परेका छन् भने प्रदेशसभा सदस्य डा। तारा जोशी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले मतदानमा सहभागी हुने छैनन्।

 

जय भगवति मेलौली सुनचाँदी

त्यस्तै, सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहका १७६ जना प्रमुख तथा उपप्रमुखमध्ये १७३ जनाले मात्र मतदान गर्न पाउने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभाका २ पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट बाजुराका खम्मबहादुर खाती उम्मेदवार बनेका छन् भने नेकपा एमालेबाट कैलालीकी लीला भण्डारीले उम्मेदवारी दर्ता गराएकी छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट रोजी बस्नेत सुनार र टिकाराम जैसी उम्मेदवार रहेका छन्।

यस निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन भएको छ। यसअघि तत्कालीन नेकपाबाट निर्वाचित शारदा भट्ट र तारामान स्वारको कार्यकाल सकिएपछि नयाँ निर्वाचन हुन लागेको हो।

दिनेश खबरबाट साभार

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page