Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडी बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु, ४५ जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी: जन्ती बोकेर बैतडीबाट बझाङतर्फ जाँदै गरेको बस बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित बडूगाउँ मोडमा दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ। स्थानीयका अनुसार घटनास्थलबाट ८ जना मृतकको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनामा ४५ जना घाइते भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बझाङको बित्थडचिर गाउँपालिकाबाट बैतडीको पुर्चौडी–७ भवनेमा आएको जन्ती फर्किने क्रममा दुर्घटना भएको हो।

जय भगवति मेलौली सुनचाँदी

प्रहरी निरीक्षक बलदेव बडूका अनुसार दुर्घटनामा परेर बित्थडचिर गाउँपालिका(७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यु गाउँपालिका(७ का ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका(७ का ४० वर्षीय बसन्त रताला र बैतडीको पुर्चौडी(७ की ४० वर्षीय पुष्पा अवस्थीको ज्यान गएको छ।

 

घाइते ४५ जनाको स्थानीय कोटिला स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर गम्भीर घाइतेलाई डडेल्धुरा रिफर गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page