Vutlaxapu
Laxmibhuwan sun chadi

उपभोक्ता अधिकारबारे सचेतना बढाउँदै दोगडाकेदारमा जनचेतना कार्यक्रम सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकामा उपभोक्ताको हक अधिकार सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ। उपभोक्ताहरूलाई आफ्ना अधिकार, कर्तव्य तथा बजारमा हुने ठगीबाट जोगिने उपायबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उधोग पर्यटन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेश धनगढीको आयोजनामा र दोगडसकेदार गाउँपालिकाको समुन्वयमा

दोगडाकेदार गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा उपभोक्ता अधिकार संरक्षण, गुणस्तरीय वस्तु तथा सेवाको प्रयोग, र बजार अनुगमनको महत्वबारे विभिन्न प्रस्तुतिहरू राखिएका थिए।

जय भगवति मेलौली सुनचाँदी

कार्यक्रमको अध्यक्षता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उप–सचिव भुपेन्द्र सिंह धामी ले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की तथा अतिथि नरेश राज जोशी को समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले उपभोक्ताले आफ्ना अधिकारबारे जानकारी राखे मात्र बजारमा हुने अनियमितता नियन्त्रण गर्न सकिने बताएका थिए। साथै, गलत व्यापारिक गतिविधिविरुद्ध सचेत रहन र आवश्यक परे सम्बन्धित निकायमा उजुरी गर्न समेत आग्रह गरिएको थियो।

यस किसिमका कार्यक्रमले स्थानीय स्तरमा उपभोक्ता अधिकारबारे चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page