Vutlaxapu
Laxmibhuwan sun chadi

रास्वपा पुर्चौडी नगर कार्यसमितिले साउन २७ गते सरसफाइ कार्यक्रम आयोजना गर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुर्चौडी नगर कार्यसमितिले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साउन २७ गते सरसफाइ कार्यक्रम आयोजना गर्ने भएको छ।

जय भगवति मेलौली सुनचाँदी

“स्वच्छ वातावरण, स्वस्थ जीवन, समृद्ध नगर हाम्रो पहिचान” भन्ने नारासहित आयोजना हुने कार्यक्रममा पुर्चौडी नगरपालिका कार्यालय परिसरलगायत विभिन्न सार्वजनिक स्थलमा सरसफाइ गरिने रास्वपा पुर्चौडी नगर कार्यसमितिले जनाएको छ।

कार्यक्रममा युवाहरू, स्थानीय नागरिक तथा सरोकारवालाहरूलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ। आफ्नो नगर आफैं सफा बनाउँदै स्वच्छ वातावरण निर्माणमा सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गरिएको रास्वपा) जिल्ला कमिटी सह-सचिव जनक बहादुर गडालले बताए।

रास्वपा पुर्चौडी नगर कार्यसमितिले स्वच्छता अभियानमार्फत स्वस्थ र समृद्ध नगर निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page