Vutlaxapu
Laxmibhuwan sun chadi

प्रदेशस्तरीय छनोट खेलमा बैतडीको सानदार जित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी पुस १७
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट खेलमा बैतडीले सानदार जित हासिल गरेको छ । आज भएको पहिलो खेलमा डोटीलाई १ सय ९९ रनको बिशाल अन्तरले हराएको हो । ३५ ओभर खेलाइएको खेलमा बैतडीले निर्धीरत ३५ आरभरमा ५ बिकेट गुमाएर ३ सय ४० रनको बिशाल लक्ष पेश गरेको थियो ।

जय भगवति मेलौली सुनचाँदी

बैतडीका लागि दिपक बोहराले १ सय १२ रनको सतकिय पारी खेलेका थिए । गजेन्द्र बोहराले ९० रनको योगदान दिए भने लोकेन्द्र चन्द ६४ रनमा अबिजित रहे । डोटीका सबिन बोहराले २ बिकेट र भोजराज भट्टले एक बिकेट, हात पारेका हुन् । ३४१ रनको लक्ष पच्छ्याएको डोटीले ३२ . ४ ओभरमा १४१ रनमा अल आउट भएको हो ।

डोटीलाई सस्तैमा समेट्न बैतडीका बिरेन्द्र नाथले ५ तथा जगदिश चन्दले २ बिकेट हात पारेको बैतडी क्रिकट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।

प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ। उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ गते काठमाडौंमा शुरु हुँदैछ

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page