Vutlaxapu
Laxmibhuwan sun chadi

बंगलादेश जोड्ने बाटोसँग लिपुलेक साट्ने विषयमा पनि चर्चा भयो: प्रधानमन्त्री प्रचण्ड

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिपुलेक, कालापानी र लिम्पियाधुरासँग बंगलादेश जोड्ने बाटो साट्ने विषयमा पनि छलफल भएको बताएका छन्।

 

शनिबार चार दिने औपचारिक भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँगको कुराकानीमा सीमा विवादको समाधानबारे विभिन्न पाटोमा छलफल भएको उनले बताए।

 

प्रधानमन्त्री प्रचण्डलाई नेपाल र बंगलादेशको बाटो जोड्नका लागि लिम्पियाधुरा, कालापानी, लिपुलेक साट्ने भन्ने विषयमा के भयो भन्ने प्रश्न सोधिएको थियो।

 

जय भगवति मेलौली सुनचाँदी

त्यसको जवाफमा उनले भने, ‘यो कुरा चाहिँ पक्कै पनि कुरा भयो। विभिन्न विकल्‍पहरूको बारेमा किन नसोच्ने भन्‍ने कुरा भएको छ।’

 

यस्तै बंगलादेशको लामो समयदेखि रहेको सीमा विवादमा हासिल गरेको सफलताको अनुभव हाम्रा लागि पनि हुनसक्ने भन्ने विषयमा छलफल भएको उनले बताए।

 

 

‘बंगलादेशको लामो समयदेखि रहेको समस्या समाधान गर्न भारत-बंगलादेशले जो सफलता प्राप्त गरे, त्यो अनुभव हाम्रो लागि पनि हुनसक्छ भन्ने एउटा चर्चा, त्यो पनि एउटा विकल्प हुनसक्छ। अहिले कुनै निष्कर्ष होइन,’ उनले भने, ‘त्यो पनि विकल्प हो भन्ने भयो। अर्को तपाईंले भनेजस्तै हामीलाई बंगलादेश जाने बाटो दिने कुरा पनि एउटा विकल्प नेपालका विज्ञहरूले भनि पनि राख्नुभएको छ। हामीलाई बंगलादेश जाने बाटो त्यही जमिन बराबर दिने हो भने त सजिलै हल हुन्छ भन्ने नेपाली विज्ञहरूको लगातार यही भनाइ छ।’

 

यद्यपि आफ्नो भूमि नै फिर्ता गरे सजिलो हुने पनि उनले बताए। तर रणनीतिक रूपमा संवेदनशील हो भने चाहिँ बंगलादेश मोडल ठीक हुने उनले बताए।

 

‘हाम्रो भूमि भनेर दाबी गरिराख्या छौं। दाबी मात्रै होइन, हाम्रै भूमि नै हो। त्यही भूमि सर्लक्क फिर्ता गरे सबैभन्दा राम्रो। अथवा त्यो चाहिँ रणनीतिक रूपमा संवेदनशीलता हो भने अरू विकल्पहरू पनि हुनसक्छन् भन्नेबारेमा छलफल भएकै कारण मैले बुझेसम्म प्रधानमन्त्री मोदीले अलि उत्साहित नै भएर ल सीमाको समस्या पनि हल गर्ने भनेर मैले भन्दा पहिले बोल्नुभएको हो। यो सकारात्मक भएको छ,’ उनले थपे।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page