Vutlaxapu
Laxmibhuwan sun chadi

रोल्पा बस दुर्घटना: मृत्यु हुनेको संख्या चार पुग्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

रोल्पा:रोल्पामा भएको यात्रुबाहक बस दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।

एक महिला र तीन पुरूष गरी चार जनाको मृत्यु भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले सेतोपाटीलाई बताए।

‘अहिलेसम्म एक महिला र तीन पुरूषको गरी चार जनाको मृत्यु भएको छ,’ उनले भने, ‘मृतकको सनाखत भने भइसकेको छैन।’

जिल्ला प्रहरी कार्यालयले थप सात जना घाइतेलाई उपचारका लागि दाङको घोराहीतर्फ पठाइएको जानकारी दिएको छ।

जय भगवति मेलौली सुनचाँदी

प्रहरीका अनुसार बस सडकदेखि झन्डै एक सय ५० मिटर तल खसेको छ।

रोल्पाको त्रिवेणी गाउँपालिका–७ को तिलाभन्दा झन्डै ३ किलो मिटर यता दिउँसो १ बजेतिर बस दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरले सेतोपाटीलाई बसमा कुल १५ जना यात्रु सवार रहेको सुरूमा बताएका थिए। तर, प्रमुख जिल्ला अधिकारी घिमिरेले भने बसमा झन्डै २० जना यात्रु सवार रहेको जानकारी दिए।

‘पहिले जुन कुरा आएको थियो त्यसमा अहिले यात्रुको संख्या बढी रहेछन् भन्ने देखिएको छ,’ उनले भने, ‘म पनि अहिले घटनास्थलको बाटोमै छु र भारी वर्षा भइरहेको छ।’

सहिद मार्ग अन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा परेको थियो।

 

दुर्घटनालगत्तै चालक फरार भए पनि एक घन्टापछि सम्पर्कमा आएको डिएसपी मगरले बताएका थिए। नियमित वर्षाले सडक चिप्लो भएका कारण दुर्घटना भएको अनुमान प्रहरीको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page