Vutlaxapu
Laxmibhuwan sun chadi

सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनमा सर्वदलीय सहमति

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार राति बसेको सर्वदलीय बैठकले सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति गरेको छ।

 

उच्चस्तरीय समितिका लागि निर्देशित सर्तहरू तयार पार्न नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता हितराज पाण्डे रहेको कार्यदल बनाउने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।

 

उनका अनुसार यो कार्यदलले मंगलबार बिहान ११ बजेसम्म समितिको मस्यौदा तयार पार्नेछ। यसलाई अन्तिम रूप दिन मंगलबारै दिउँसो २ बजे शीर्ष नेताहरूको बैठक फेरि बस्नेछ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद भएको ६० किलो सुनबारे छानबिन गर्न उच्चस्तरीय समिति माग गर्दै प्रतिपक्षी एमालेले साउन १० यता लगातार संसद अवरोध गरिरहेको छ।

 

जय भगवति मेलौली सुनचाँदी

संसद अवरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सोमबार राति राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक बसेको हो।

 

‘सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ भनेर एमालेले आज पनि आफ्नो अडान राख्यो। यसमा सरकार सकारात्मक छ,’ एमालेका प्रमुख सचेतक गिरीले भने, ‘उच्चस्तरीय छानबिन समिति बनाउने सहमतिमा सरकार कायम रह्यो भने भोलि सदन खुल्छ।’

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उच्चस्तरीय छानबिन समिति बनाउन सहमति भएको जानकारी दिए।

 

‘यसका लागि मस्यौदा तयार पार्ने कुरा भएको छ,’ उनले भने, ‘सहमति भएर भोलि संसद खुल्नेमा म विश्वस्त छु।’

 

सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद अवरोध अन्त्य गर्न सबै विकल्प र सम्भावनामा छलफल भएको जानकारी दिए।

 

सोमबारको बैठकमा सकारात्मक छलफल भएको र मंगलबार फेरि बैठक बसेर यो विषय टुंगो लगाउने उनले बताए। ‘भोलि संसद चल्नेमा हामी आशावादी छौं,’ उनले भने।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page