Vutlaxapu
Laxmibhuwan sun chadi

वर्तमान सत्ता गठबन्धन वैधानिक तरिकाले नै तोड्छौ:ओली

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैधानिक तरिकाले नै वर्तमान सत्ता गठबन्धन तोड्ने बताएका छन् । ‘झुलाघाट–चिवा भञ्ज्याङ सम्मृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत शुक्रवार तेह्रथुमको म्याङ्लुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धैर्यता राखेर वैधानिक ढङ्गले नै गठबन्धन तोड्ने बताएका हुन् ।लोकतन्त्रमा धैर्यता राखेर लोकतान्त्रिक विधिबाटै समस्या समाधान खोज्नुपर्छ ।

अहिले हामी सरकारमा छैनौ, हामीलाई देशी विदेशी षडयन्त्रहरू लागेर सरकारबाट हटाइयो । हामीले सुशासन ल्याउने काम गर्‍यौ, त्यसकारण हामीलाई हटाइयो’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘हामी फेरि पनि धैर्यतापूर्ण ढङ्गले अहिलेको गठबन्धन तोड्छौ ।’उनले यस गठबन्धनका अपराधहरूलाई देशको प्रगतिका बाधक बनेका क्रियाकलापलाई वैधानिक ढङ्गले जनताको अभिमतबाट परास्त गर्ने बताए । ‘हतार गर्नु पनि हुँदैन । यो देश बनाउने कुरा हो । त्यही भएर हामीले मिसन २०८४ भनेका छौ’, ओलीले भने, ‘देश विकास गर्दै पुस्तौ पुस्ता अगाडि जाने हो । एउटा चुनाव हार्‍यो जित्यो, बुथ कब्जा गर्‍यो भनेर निर्क्योल हुँदैन ।’

जय भगवति मेलौली सुनचाँदी

उनले जे गरे पनि आन्दोलन हुने होइन भन्दै कालो झण्डा देखाउने वा अरू प्रकारका गतिविधि गर्नु, हिंसात्मक र मुठभेडले समस्या समाधान नगर्ने पनि बताए । उनले नेकपा एमाले बलिदान, जेलनेल भोगेर आएको भन्दै यस पार्टीलाई जनताले अलमलमा नपरी साथ दिनुपर्ने बताए । ‘यो पार्टी मात्रै देशमा समृद्धि ल्याउन सक्छ, देश विकास गर्न सक्छ, जनताले विकासको बाटो देखाउन र सहयोगी भौतिक सामाजिक पूर्वाधार तयार गर्छ’, ओलीले नेकपा एमालेले कहिल्यै मौकापरस्त कुरा नगर्ने बताए ।

अध्यक्ष ओलीले पहिचान पक्षधरप्रति सङ्केत गर्दै केहीले परिस्थितिलाई असहज र अप्ठेरो बनाउन खोजेको बताए । ‘उनीहरुले अरूको विरोध गरे भन्ठानेका होलान् आफ्नै विकासको विरोध गरिरहेका छन् । आफ्नै ठाउको उन्नतिको विरोध गरिरहेका छन् । आफ्नै सन्ततिको भविष्य र आफ्नै टाउकोमा बन्चरोले हान्ने काम गरेका छन्’, ओलीले भने ‘यो भावनात्मक आवेग छोड्नुस्, उत्तेजना छोड्नुस् ।’

 

शान्तिपूर्ण र संवादबाट समस्याको समाधान खोज्न सकिने भन्दै बाटाका ढुंगामुढा र विरोध प्रदर्शनले, सल्लाका रुख ढालेर समस्या समाधान नहुने ओलीको भनाइ छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page