



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट फेरि विश्वासको मत पाएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्ताव निणयार्थ प्रस्तुत गर्दा उनले बहुमत सांसदको मत पाएका हुन् ।मत विभाजन हुँदा कुल २६८ मत खसेकामा प्रचण्डले १५७ अर्थात बहुमत प्राप्त गरेको भन्दै सभामुखले विश्वासको मत प्राप्त भएको घोषणा गरे । यस्तै प्रचण्डको विपक्षमा ११० मत पर्दा एक सांसद तटस्थ रहे । कांग्रेससँग गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले गत फागुन २१ गते मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।




