


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ मा रहेको श्रीकेदार माध्यमिक विद्यालय पिपलकोटमा प्राविधिक धारतर्फ वाली विज्ञान कार्यक्रम सन्चालन गर्न बिधालयका कार्यरत शिक्षक,अविभावक र बिधार्थीहरु होलि खेल्दै आर्थिक संकलन अभियानमा जुटेका छन । विधालयको समग्र विकासको लागी अक्षयकोष स्थापना गर्न विधालय व्यवस्थापन समितिका सदस्य हरिसरण भट्टको संयोजकत्वमा होली व्यवस्थापन समिती गठन गरी आर्थिक अभियानमा जुटेका हुन।

विधालयलमा प्राविधिक शिक्षाको लागि पहल गर्ने उदेश्य सहित विधालयमा कार्यरत शिक्षक, भुतपूर्व विधालय व्यवस्थापन समिती, वर्तमान विधालय व्यवस्थापन समिती, स्थानीय ब्यापारी, अविभावकहरुको सल्लाह वमोजिम होलि खेल्ने निणर्य भएको र उत्साहजनक आर्थिक संकलन भइरहेको विधालय व्यवस्थापन समिती अध्यक्ष तर्कराज भट्टले बताए।

बिगतमा पनि विधालयले प्राविधिक शिक्षा खोल्न पहल गरेपनी भौतिक संरचना अभाव रहेकोले हुन नसकेको र अहिले भौतिक संरचना अभाव नभएकोले स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार संग पहलका लागी प्रकृया अगाडि बढिसकेकोले कार्यक्रम सफल पार्न होली खेल्दै आर्थिक संकलन अभियान सन्चालन गरिएको बताए। अध्यक्ष भट्टले यो अभियानलाई सफल पार्न आफुहरु लागिपरेको र लक्ष पुरा नहुदासम्म होलीबाट संकलन गरिएको रकमको छुट्टै कोष बनाइने भएकोले सम्बन्धित सरोकारवाला निकायहरुलाई सहयोगका लागि आग्रह समेत गरेका छन।

हिन्दु परम्परामा असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा मनाइने होली पर्वलाई सुदूरपश्चिममा एक महत्त्वपूर्ण पर्वको रूपमा लिइने गरिन्छ ।
पुराणमा प्रसिद्ध त्रेतायुगका भक्त प्रह्लादको जीवनलीला अस्त गर्न लागेकी उनकै फुपू होलिकाले प्रह्लादलाई आगोमा जलाउन खोज्दा स्वयम् आफैं आगोमा जलेर खरानी भएको र भक्त प्रह्लाद सकुशल रहेको कथासँग जोडेर यस पर्वलाई बुझ्ने गरिन्छ ।





