


बैतडी -नेपाल कम्युनिष्ट पार्टी एमाले दशरथचन्द नगर कमिटी अध्यक्षमा मनोज बोहरा सर्वसम्मत चयन भएका छन् । आज नेकपा एमाले बैतडीको पार्टी कार्यालय गढीमा सम्पन्न नगरको दोस्रो अधिवेशनबाट मनोज अध्यक्षमा चयन भएका हुन् ।

आज सम्पन्न नेकपा एमाले दशरथचन्द नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा मनोज कुमार बोहरा, उपाध्यक्षमा भूपेन्द्र चन्द, सचिवमा नन्द राज बोगटी उपसचिवमा भवानी दत्त जोशी ,अञ्जु टमाटा सर्वसम्मत चयन भएका बताइएको छ ।

अधिवेशनमा प्रमुख अतिथी एमाले केन्द्रिय कमिटी सदस्य लिलाधर भट्ट विशिष्ट अतिथि मोहन थापा, बिस्ना चन्द एमाले जिल्ला अध्यक्ष नरेश कुमार बिक सचिव हजारि साउद लगायतका नेताहरुको सहभागीता रहेको थियो।




