Vutlaxapu
Laxmibhuwan sun chadi

सोडारीलाई गठबन्धनका विरुद्ध नजान माधवको चेतावनी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी -नेकपा एकीकृत समाजावदीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले सुदूरपश्चिम प्रदेशको संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई फोन गरेका छन्।प्रदेश सरकार गठनको सन्दर्भमा केन्द्रीय गठबन्धनको निर्णयविपरीत संसदीय दल विभाजन हुन लागेपछि अध्यक्ष नेपालले संसदीय दलका नेता सोडारीलाई फोन गरेर गठबन्धनको निर्णय विपरीत नजान चेतावनी दिएका हुन्।

जय भगवति मेलौली सुनचाँदी

एकीकृत समाजवादीका सांसद प्रकाश रावलले अध्यक्ष नेपाल र महासचिव भुसालले फोनमार्फत कांग्रेस नेतृत्वको वैकल्पिक गठबन्धनतिर नलाग्न निर्देशन दिएको बताए। “उहाँहरूले गठबन्धनमा भएको सहमति पालना गर्नु र कांग्रेसतिर नलाग्नु भन्ने सुझाव दिनुभएको छ, उहाँहरूले संसदीय दलका नेतालाई फोन गर्नुभएको थियो,” उनले भने।

त्यसो त सोडारी आफैँ मुख्यमन्त्रीको आकाङ्क्क्षी हुन्। केन्द्रीय गठबन्धनमा सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादी गर्ने भन्ने सहमति जुटेको थियो। तर, अन्तिममा केन्द्रीय गठबन्धनभित्रै नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिने समझदारी बन्यो। यसपछि मुख्यमन्त्री बन्ने सपना देखेका सोडारीले नाउपाको रेशम चौधरी पक्ष र नेपाली कांग्रेसलाई साथ दिन लागेका थिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page