Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको झुलाघाट नाका आजबाट ७२ घण्टाका लागि बन्द

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजबाट बन्द हुने भएको छ। झुलाघाट नाका आजबाट ७२ घण्टाका लागि बन्द हुने भएको हो ।

 

जय भगवति मेलौली सुनचाँदी

भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै आजबाट सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ। उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म ७२ घण्टा झुलाघाट नाका बन्द रहने प्रमुख जिल्ला अधिकारी शर्माले बताए।

 

सुरक्षा संवेदनशीलताको कारण नाका बन्द हुन लागेको हो। सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page