Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा किशोरीको बलात्कार गरि हत्या गरेको आरोपमा ३० बर्षीय युवक पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडीकी १७ बर्षीय किशोरी रेखा भट्टको बलात्कार पछि हत्या गरेको आरोपमा ३० बर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतककै काका नाता पर्ने पुर्चौडी नगरपालिका–४ का युवक पक्राउ परेका हुन् ।

गत चैत्र २६ गते देखी घरबाट हराएकी किशोरी ३ दिनपछि जङ्गलमा मृत फेला परेकी थिइन् । घटनाको सूक्ष्म रूपले अनुसन्धान गरिरहेको प्रहरीले बलात्कारपछि हत्या भएको पुष्टि गर्दै अभियुक्त मृतकका काकालाई पक्राउ गरि मङ्गलवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

उनकै काकाले किशोरीलाई पटक–पटक जबरजस्ती करणी गरि गर्भवती बनाएको प्रहरीको भनाई छ ।

जय भगवति मेलौली सुनचाँदी

मृतक बालिकाको पेटमा १८ हप्ताको गर्भ रहेको पोस्टमार्टम रिपोर्टले देखाएको छ । अभियुक्त युवकको घरमा ३ओटा श्रीमती समेत रहेको बुझिएको छ ।

अभियुक्त माथी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाउने बैतडीका डिएसपी दिपक गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“२६ गते विवाहित किशोरी हराएको खबर प्राप्त भएलगत्तै खोजी गरेका थियौँ, २८ गते रानीवनमा किशोरीको शव भेटियो, शवको अवस्था हेर्दा टाउकोमा गम्भीर चोट देखियो भने पेट ठुलो देखियो, घटना शङ्कास्पद लागेपछि अनुसन्धान गर्‍यौँ र अन्ततः काकाले नै हत्या गरि शव फालेको पत्ता लागेको हो ।”

अभियुक्तले आफैले हत्या गरेको भनी स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीले बताए । घटना स्थलमा पुग्न जिल्ला सदरमुकामबाट २दिन समय लाग्ने भएकाले पहिलो पटक १० दिनको म्याद थप गरि अनुसन्धान गरिने उहाँले बताउनुभयो ।

मृतक बालिकाको गत बर्ष विवाह भएको भएपनि उनका पती रोजगारीको सिलसिलामा भारत रहेका छन् । घटनापछि उनी घर आएका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page