Vutlaxapu
Laxmibhuwan sun chadi

प्रदेश प्रमुखको कदमविरूद्ध हामी न्यायालय जान्छौं- सांसद लक्ष्मणकिशोर चौधरी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सासंद लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिमका प्रदेश प्रमुख नाजिर मियाँले संविधान मिच्ने काम गरेको भन्दै न्यायालय जाने बताएका छन्।

मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै चौधरीले यस्तो प्रतिक्रिया दिएका हुन्।

प्रदेश प्रमुखले विधानको मर्म विपरीत राजनीतिक पार्टीको आधार मानेर मुख्यमन्त्रीका लागि पुनः दाबी पेस गर्न समय लम्ब्याएको प्रति उनले आपत्ति जनाए।

प्रदेश प्रमुखको यो कदमविरूद्ध न्यायालयमा पुग्ने चौधरीको भनाइ छ।

राजनितिक पार्टीलाई आधार मानेर उहाँले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न पुनः समय लम्ब्याउनुभएको छ। यसको नैतिक जिम्मेवारी उहाँले नै लिनुपर्छ। प्रदेश प्रमुखले यस किसिमको संविधान मिच्ने जुन कार्य गर्नुभएको छ, यसविरूद्ध हामी न्यायालय जान्छौं,’ उनले भने।

जय भगवति मेलौली सुनचाँदी

स्पष्ट बहुमत नरहेको भन्दै मंगलबार साँझ सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाँले पुनः मुख्यमन्त्रीमा बहुमत जुटाएर दाबी पेस गर्न आह्वान गरेका थिए। यसअघि प्रदेश प्रमुखले वैशाख २ गतेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका थिए। सो दिन नाउपाबाट दुई जनाले स्पष्ट बहुमत आफूसँग भएको भन्दै मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। नाउपाका संरक्षक रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले बहुमत रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

लक्ष्मणकिशोरले नेपाली कांग्रेसका १८, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र नाउपाका चार जनाको सर्मथन रहेको भन्दै दाबी पेस गरेका थिए। त्यसै गरी कैलाशले नेकपा एमालेका दस, नेकपा माओवादीका दस, स्वतन्त्र एक र नाउपाका सात जना सासंदको सर्मथन आफूसँग भएको भनेका थिए।

सो दिन एकै पार्टीबाट दुई जनाको दाबी पेस परेकाले अध्ययन गर्ने भन्दै प्रदेश प्रमुखले दुई दिनको समय दिएका थिए।

 

मंगलबार नेकपा एकीकृत समाजवादी पार्टीले लक्ष्मणकिशोरलाई दिएको सर्मथन फिर्ता लिएको थियो। ती दुवै दाबी पेसमा स्पष्ट सर्मथन कसैसँग पनि नदेखिएको भन्दै प्रदेश प्रमुखले मंगलबार साँझ साढे ५ बजेतिर पुनः मुख्यमन्त्रीका लागि दाबी पेस गर्न दुई दिनको समय दिएका छन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार वैशाख ६ गते बेलुका ६ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरिएको छ।

 

केन्द्रको सत्ता गठबन्धन अनुसार सुदूरपश्चिममा मंगलबार मात्रै मुख्यमन्त्री नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई बनाउने निर्णय भएको छ। मुख्यमन्त्री आफूले पाउने भएपछि एकीकृत समाजवादीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएको हो।

 

एमाले, माओवादी, नाउपा रञ्जिता पक्षका सासंद, स्वतन्त्र र एकीकृत समाजवादीसहितको बैठकले मुख्यमन्त्री सोडारीलाई बनाउने सहमति भएको नेकपा माओवादी संसदीय दलका नेता मानबहादुर धामीले बताए।

दलको सर्मथन जुटाएर सोडारीले बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page