


बैतडी -लामो लफडाकाबीच अन्तत सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

बिहीबार एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएसँगै उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेको एमाले प्रदेश सांसद नरेश शाहीले जानकारी दिए ।सोडारीले सत्तारुढ दलहरू नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको (कैलाश चौधरी पक्ष) को समर्थनमा दाबी पेस गरेका हुन् ।
यसअघि नागरिक उन्मुक्तिका तर्फबाट मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा पुन दाबी पेस गर्न भन्दै आज ५ बजेसम्मको समय दिएका थिए ।
सोडारीले आजै शपथ लिने तयारी रहेको सत्तारुढ दलका नेताहरुले बताएका छन् ।




