Vutlaxapu
Laxmibhuwan sun chadi

घाइते अवस्थामा बाघ देखिएपछि वन प्रवेश निषेध

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -शुक्लाफाँटा नगरपालिका–८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखापरेपछि वन क्षेत्र प्रवेशमा रोक लगाइएको छ।

सामुदायिक वनको सलिमा ताल क्षेत्र नजिक बाघ घाइते अवस्थामा देखा परेकाले वन क्षेत्र प्रवेशमा रोक लगाइएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए।

जय भगवति मेलौली सुनचाँदी

‘घाइते बाघले जुनसुकै बेला पनि आक्रमण गर्नसक्ने भएकाले उपभोक्तालाई वन क्षेत्रमा जान रोक लगाएका हौँ,’ उनले भने, ‘बाघ के कति कारणले घाइते भएको हो भन्ने बारे जानकारी हुन सकेको छैन।’

चुरे क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको वन बाघ लगायतका जनावरको बासस्थानका रुपमा रहेको छ।

शुक्रबार मात्रै सो सामुदायिक वन क्षेत्रसँग जोडिएको भगवती सामुदायिक वनमा घाँस काटन गएका अन्दाजी २८ वर्षीय रवीन्द्र धामीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो।

धामीको टाउको र हातमा गम्भीर चोट लागेपछि उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा भर्ना गरिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page