


बैतडी -बैतडीको दाेगडाकेदार गाउँपालिकामा आज साहित्य सम्मेलन तथा नेपाल-भारत काव्य गाेष्ठीको उद्घाटन गरिएको छ।नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आज एक समारोहका विच कार्यक्रमको उद्घाटन गरेका हुन।


राष्ट्रिय संरक्षण अभियानको आयाेजना र दाेगडाकेदार गाउँपालिकाकाे प्रवर्द्धनमा मंगलबारदेखि बुधबार सम्म श्रीकोट बहुमुखी क्याम्पसको सभाहलमा सम्मेलन तथा गाेष्ठी आयाेजना गरिएको हाे। दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्किको अध्यक्षतामा र नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा गोष्ठी सुर गरिएको हो।
सम्मेलनमा नेपाल-भारतका साहित्यकार र कविहरूकाे सहभागिता रहने राष्ट्रिय संरक्षण अभियानका अध्यक्ष हेमबावु लेखकले बताए।





