Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिम सरकारको बजेट निर्माण कार्यतालिका प्रभावित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -सुदूरपश्चिम प्रदेशमा राजनीतिक अस्थिरताका कारण बजेट निर्माणको कार्य प्रभावित बन्दै गएको छ । असार १ गते ल्याउनुपर्ने आगामी आर्थिक वर्ष (२०८१-०८२) को बजेटको कार्यतालिका प्रभावित भइरहेको हो ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले हालसम्म मन्त्रीपरिषदलाई पूर्णता दिन सकेका छैनन् । विभिन्न मन्त्रालयमा विभागीय मन्त्री नहुँदा बजेटसँग सम्बन्धित छलफलका साथै आवश्यक मन्त्रीस्तरीय निर्णय गर्न नसकेका हुन् ।

सुदूरपश्चिम प्रदेशको योजना तर्जुमा दिग्दर्शन अनुसार यहाँको ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा वैशाख २० गतेभित्र योजना छनोट प्राथमिकीकरण गरी विषयगत मन्त्रालयमा पेस गर्नुपर्ने हुन्छ । तर सरकारले पूर्णता नपाउँदा निर्वाचन क्षेत्रस्तरीय पूर्वबजेट छलफल प्रभावित बनेको हो ।

जय भगवति मेलौली सुनचाँदी

सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगका प्रवक्ता वीरबहादुर धामीले भने, ‘बजेटको टाइमलाइन धेरै प्रभावित त भएको छैन । तर सरकार गठन, विघटनले समस्याचाहिँ भएको छ ।’

उनका अनुसार सङ्घीय वित्तीय हस्तान्तरणको सीमा र मार्गदर्शन फागुन मसान्तभित्र आइसक्नुपर्ने हुन्छ ।

 

सोही अनुसार चैत मसान्तभित्र प्रदेश नीति आयोगले सबै मन्त्रालयलाई बजेटको सिलिङ पठाइसक्नुपर्ने हुन्छ । मन्त्रालयहरूले बजेट सीमा निर्धारण गर्नुपर्ने, स्रोत निर्धारण गर्नुपर्ने र सिलिङ बनाउनुपर्ने हुन्छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page