Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा जिप दुर्घटना

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा जीप दुर्घटना भएकाे छ। गाेठलापानीबाट भारतीय सीमानाका झुलाघाटतर्फ गइरहेको सुप प्र ०१००१ज १५०० नम्बरकाे जिप दिउँसो ३ बजेतिर दशरथचन्द नगरपालिका १० भगाेडेनाेला दुर्घटनामा परेकाे बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयाे।

दुर्घटनामा परेर एकजनाकाे मृत्यु भएकाे र आठजना घाइते भएका छन्। मृत्यु हुनेमा महिला रहेकी र ती महिलाकाे परिचय खुल्न बाँकी रहेकाे छ।

जय भगवति मेलौली सुनचाँदी

दुर्घटनास्थलमा जीपकाे मुनि च्यापिएकी अवस्थामा प्रहरीले उद्धार गरि जिल्ला अस्पताल ल्याउदा ती महिलाकाे मृत्युु भएकाे हाे।

जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर सुशील विकले एक महिलाकाे मृत्यु भएकाे पुष्टि गर्नुभयाे। डाक्टर विकले भन्नुभयो,” उपचारका लागि ल्याइएकि एक महिलाको मृत्यु भएको छ,ती महिला पारि(भारत)कि हुन भन्ने आकाे छ।”

यस्तै अस्पतालमा अन्य आठजना घाइतेको पनि उपचार भइरहेको प्रमुख विकले बताउनुभयाे। दुर्घटनाग्रस्त जिप सडकबाट ३० मिटर तल खसेकाे र दुर्घटनाको कारण खुल्न सकेकाे छैन्।

जीपमा कती जना सवार रहेकाे र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेकाे छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page