


बैतडी । बैतडीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन । जिल्लाको दशरथचन्द नगरपालिका – ४ बस्ने ३६ वर्षिय सुरेश राम भुललाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

जिल्ला अदालत बैतडीले उनलाई अभद्र व्यवहार मुद्धामा ५ हजार जरिवाना तोकेकोमा उनि फरार रहेको प्रहरीले बताएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले नगरपालिकाकै वडा नं। ४ गोठलापानी बजारबाट पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।




