



अछामः अछाममा जिप दुर्घटना भएको छ।जिल्लाको कमलबजारदेखि मङ्गलसेन जाने क्रममा मानसैनमा जिप दुर्घटना भएको हो। दुर्घटनाको पूर्ण विवरण भने आउन बाँकी नै छ।सडक निर्माण गर्ने क्रममा लु २ च ५९५६ नम्बरको जिप सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। जिपमा चालक मात्र सवार थिए। जिपको अगाडीको भागमा क्षति पुगेको छ। क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै छ।




