Vutlaxapu
Laxmibhuwan sun chadi

धनगढीमा आधा दर्जन तेस्रो लिङ्गी पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

धनगढीः कैलालीको धनगढीमा ६ जना तेस्रो लिङ्गी पक्राउ परेका छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ परेको हो। सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई अनावश्यक हैरानी दिने गरेको भन्दै ६ जना तेस्रो लिङ्गीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।शुक्रबार धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सडकमा हिडडुल गर्नेहरुलाई अनावश्यक हैरानी गरेपछि वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

पर्साको विरगञ्ज महानगरपालिका–४ बस्ने २५ वर्षीया उर्मिला थापा, धनगढी–६ बस्ने १९ वर्षीया रेनुसिंह ठकुरी, गौरीगंगा नगरपालिका–५ बस्ने १८ वर्षीया पारु ठकुरी, वडा नम्बर ४ बस्ने १९ वर्षीया अनु मगर, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० बस्ने १९ वर्षीया निशा खड्का र बझाङको जयपृथ्वी नगरपालिका–१० बस्ने १८ वर्षीया निशा बोहरालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page