


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा पोषण प्रवर्द्धनका लागि पालिका स्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्किको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरि कार्कि प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र बहादुर धामि वडा अध्यक्ष, गाउँपालिका सबै साखाका साखा प्रमुख स्वास्थ्यकर्मि लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रममा पालिका भित्रका सबै वडाहरुमा आधारभुत पोषण, पोषणको अवस्था सुधारका प्रयास, बहुक्षेत्रीय पोषण योजनाको कार्यविधि अनुसार पोषणमैत्रि स्थानीय शाशनको अवधारणा पोषणमैत्रि स्थानीयतह घोषणाका चरणका बिषयमा सहभागीहरुलाइ प्रशिक्षण गरिएको पोषण सहजकर्ता जगदिश कार्किले बताए। कार्यक्रम दोगडाकेदार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको थियो।




