Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिका आधारभुत शिक्षामा सबैको पहुँच सुनिश्चित भएको पालिका घोषणा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका आधारभुत शिक्षामा सबैको पहुँच सुनिश्चित भएको पालिका घोषणा गरिएको छ। गाउँ पालिकाको सभाहलमा बिशेष कार्यक्रमको आयोजना गरि गाउँ पालिकालाइ आधारभुत शिक्षामा सबैको पहुँच सुनिश्चित भएको पालिका घोषणा गरिएको हो।सामाजिक बिकाश समिति संयोजक कमल राम सार्किको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्किले प्रमुख अतिथि रहेका थिए। यस्तै शिक्षा बिकाश तथा समन्वय इकाइ प्रमुख नरेन्द्र प्रसाद अवस्थि,दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरि कार्कि बिशिष्ट अतिथि रहेका थिए।

 

जय भगवति मेलौली सुनचाँदी

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चक्रबहादुर कार्किले दोगडाकेदार गाँउपालिकाभित्र आधारभुत शिक्षाको पहुँचबाट टाढा रहेका वालवालिकाहरुलाइ बिधालय सम्म पुर्याउन सहयो गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै आगामि बर्षहरुमा माध्यमिक तहमा सबैेको पहुँच सुनिश्चित भएको पालिका घोषणा गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। साथै अध्यक्ष कार्किले शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकाको बारेमा गाँउपालिकालाइ जानकारि गराउन समेत आग्रह गरे। अध्यक्ष कार्किले हालसालै प्रकाशित गरिएको एस इ इ को नतिजामा दोगडाकेदार गाउँपालिका भित्र रहेका बिधालय हरुको नतिजाको बारेमा गम्भिर समिक्षा गर्न आवस्यक रहेको बताए। साथै पालिका भित्रका सम्पुर्ण माध्यमिक विद्यालयमा दरबन्दी पुरा गर्न पालिकाले पहल गर्ने बताए।

यस्तै कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि एवं शिक्षा बिकाश तथा समन्वय इकाइ प्रमुख नरेन्द्र प्रसाद अवस्थिले दोगडाकेदार गाउँपालिका देसभरिका ७७वटै जिल्लाका स्थानिय तहमध्ये आधारभुत शिक्षामा सबैको पहुँच सुनिश्चित भएको पहिलो पालिका घोषणा गरिएकोमा धन्यवाद ब्यक्त गरे। साथै उहाले समाजमा शिक्षाको पहुँचबाट टाढा रहेका वालवालिकाहरुलाइ बिधालयसम्म पुगाउन सबैको सहयोगले सम्भव हुने बताए। यस्तै कार्यक्रममा बोल्दै गाउँ पालिका उपाध्यक्ष पार्वती ऐरि कार्किले समाजमा आर्थिक अभावका कारण शिक्षाको पहुँचबाट टाढा रहेका वालवालिकाहरुलाइ पालिकाले सहयोग गर्दै आइरहेको र शिक्षाबाट बन्चित बालबालिकाहरू लाइ बिधालय पुर्याउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन। कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र बहादुर धामि, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिती रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page