Vutlaxapu
Laxmibhuwan sun chadi

रमेश खरेलले दिए कुलमान घिसिङविरुद्ध अख्तियारमा उजुरी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजी तथा हाल एन्टी कर्प्स नेटवर्कका निर्देशक रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । मंगलबार खरेलले कुलमान घिसिङले प्राधिकरणबाट अकुत सम्पत्ति आर्जन गरेकोले उनीमाथि छानबिनको माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् ।  घिसिङ प्रबन्ध निर्देशकमा नियुक्त भएको एक वर्षपछि २०७४ साउन ५ गते उनले आफ्ना चार भाइको नाममा तीन करोड पुँजी भएको तेन्डेल हार्डवेयर प्रा.लि. दर्ता गरिदिएका थिए । उक्त कम्पनीमा आफ्ना चार दाजुभाइ गणेश, अनिल, सानुकान्छा र सुरेश घिसिङको नाममा प्रतिव्यक्ति ७५ हजार सेयर कित्ता हुने गरी कम्पनी खोलेको पाइएको छ,’ खरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘रामेछापको सामान्य परिवारमा जन्मिएका उनका दाजुभाइले करोडौँको कम्पनी खोल्न सक्ने नै थिएनन् । यहीनिर प्रश्न उठ्छ– कुनै पेसा व्यवसाय नै नभएका चार दाजुभाइले त्यति ठुलो लगानीको हार्डवेयर कसरी खोले ? यसको जवाफ हो– कुलमानले नै यसको सबै व्यवस्थापन गरेका थिए।

यस्तै खरेलले कुलमानको सुनकोसी इन्जिनियरिङ कम्पनी अहिलेसम्ममा पनि घाटामा देखिएको उल्लेख गरेका छन् ।  उनले कुलमानको सम्पत्तिको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन जरुरी रहेको उल्लेख गरेका छन् । खरेलले विद्युत् खरिद सम्झौता पीपीएमा धेरै ठुलो घोटाला गरेको दाबी समेत गरेका छन् ।  उनले भनेका छन्, ‘कुलमान घिसिङले ६६ वटा कम्पनीसँग कानुन विपरीत पीपीए गर्दा नेपाल सरकारको खातामा आउने एक करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व गुमेको छ ।, कुलमानले २०७५ र २०७६ सालको विभिन्न मितिमा विभिन्न ऊर्जा उत्पादक कम्पनीसँग पावर पर्चेज एग्रिमेन्ट गरेका थिए । उनले ती कम्पनीसँग विद्युत् नियमन आयोगको स्वीकृतिबिना पीपीए गर्दा विद्युत् नियमन आयोगको खातामा जम्मा गर्नुपर्ने यति मोटो रकम गुमाउनुपरेको हो ।’ सरकार कुलमानको बचाउमा लाग्नुको कारण बुझ्न अनुसन्धान हुनुपर्ने उनले उल्लेख गरेका छन्

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page