Vutlaxapu
Laxmibhuwan sun chadi

थाइल्यान्डमा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन सर्‍यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ —थाइल्यान्डमा भएको नयाँ राजनीतिक उतारचढापपछि थाइल्यान्डमा यही भदौ १८ र १९ मा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन तत्कालका लागि पछि सरेको छ । थाइल्यान्डको विदेश मन्त्रालयले सम्बन्धित मुलुकहरूलाई पत्राचार गर्दै हालका लागि शिखर सम्मेलन गर्न नसक्ने उल्लेख गर्दै पछि गर्नु पर्ने उल्लेख गरेको हो ।

परराष्ट्र मन्त्रालय स्रोतका शिखर सम्मेलनको नयाँ मिति भने फेरि सबै सदस्य मुलुकहरूसँग छलफल गरेर तय गरिनेछ ।

सन् १९९७ मा स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मा नेपाल सन् २००४ मा सदस्य बनेको थियो । बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । बिमस्टेकले स्थापनाको २६ वर्षमा सन् २०२२ मा बडापत्र (चार्टर) ल्याएको थियो ।

जय भगवति मेलौली सुनचाँदी

साउन ३० मा थाइल्यान्डको संवैधानिक अदालतले त्यहाँका निवर्तमान प्रधानमन्त्री स्रेथा थाविसिनलाई नैतिक उल्लंघन गरेको ठहर गर्दै पदमुक्त गरेको थियो । त्योसँगै उक्त सम्मेलन गर्ने हुने वा नहुने भन्ने प्रश्न उठेको थियो । साउन ३२ मा ३७ वर्षीय पेतोङतार्न सिनावात्रा प्रधानमन्त्री बनेकी थिइन् । उनी पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् ।

थाइल्यान्डको विदेशमन्त्रालयले नयाँ सरकार गठन भएसँगै आवश्यक संसदीय प्रतिक्रिया र कानुनी प्रक्रियाहरुले गर्दा समयमै बिमस्टेक शिखर सम्मेलन गर्न नसक्ने जनाएको हो । उक्त सम्मेलनमा भाग लिनको लागि नेपाल सरकार तयारी गरे पनि अब रोकिएको छ ।

प्रधानमन्त्री ओली चौथोपटक प्रधानमन्त्री भएपछि पहिलो भ्रमण थाइल्यान्डबाटै गर्ने तयारीमा थिए । तर अब प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण संयुक्त राष्ट्र संघको ७९ औं महासभा हुने भएको छ । ओली पहिलो र दोस्रोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमणबाटै आफ्नो विदेश यात्रा थालेका थिए ।

तर तेस्रोपटक तीन महिनामात्र प्रधानमन्त्री हुँदा भने उनले कुनै पनि मुलुकको भ्रमण गरेनन् । ओली पहिलो पटक २०७२ सालमा पहिलो पटक, २०७४ सालमा दोस्रोपटक र २०७८ सालमा तेस्रो पटक प्रधानमन्त्री भएका हुन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page