Vutlaxapu
Laxmibhuwan sun chadi

नेकपा एमाले बैतडीले आज ८४ वटै वडामा उम्मेद्वार छनौट गर्दै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: चैत्र २२नेकपा एमाले बैतडीलेअगामी बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनका लागि आज वडाअध्यक्षका उम्मेद्वार  छनौट गर्ने भएको छ । वडा अध्यक्षको उम्मेद्वारहरुको टुङ्गो लगाउन आज वडा कमिटिको बैठक बस्दै छ ।वडा कमिटिले उम्मेद्वार छनौट गर्न नसकेमा आकांक्षिहरुको नामावली र रायसहित जिल्ला कमिटिलाई पेश गर्ने छ ।आजको बैठकले सकेसम्म  सर्बसहमतीबाट उम्मेद्वार छनौट गर्ने  प्रचार तथा प्रकाशन बिभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए । पाँच दलिय गठबन्धनको बिरुद्ध लड्नु पर्ने भएकाले रणनैतक योजनाका साथ अघि बढेको प्रचार बिभाग प्रमुख भण्डारीले बताए । यसैगरी २४ गते गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उप प्रमुखको उम्मेद्वारको टुङ्गो लगाउन गाउँ तथा नगर कमिटिको बैठक बस्ने छ । यदि पालिकाको बैठकले अध्यक्ष उपाध्यक्ष तथा नगर प्रमुख तथा उप प्रमुखका उम्मेद्वारहरुको टुङलगाउन नसकेमा प्रदेश कमिटिको बैठकले उम्मेद्वारको टुङ्गो लगाउने छ ।त्यसैगरी यहि चैत्र ३० गते जिल्ला कमिटिको बैठक बस्ने छ । वडा पालिकामा अध्यक्षको उम्मेद्वारको टुङ्गो नलागेका वडाहरुका उम्मेद्वारहरुको टुङ्गो जिल्ला कमिटिको बैठकले लगाउने योजना रहेको नेकपा एमालेका जिल्ला कमिटि उप सचिव लोकेन्द्र भण्डारीले जानकारी  दिएका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page